दफा ५२६
समय करारको सारतत्व भएको मानिने

(१) कुनै खास दिन, समय वा अवधिभित्र करारको परिपालना नभएमा करारको प्रकृति, करारका पक्षहरूले करार गर्दाका बखत देखाएको मनसाय, करारको प्रयोजन वा उद्देश्य हासिल हुन नसक्ने भएमा त्यस्तो करारमा परिपालना गर्ने समय करारको सारतत्व (इसेन्स) को रूपमा रहेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको करार कुनै एक पक्षबाट त्यस्तो दिन, समय वा अवधिभित्र परिपालना नभएमा त्यस्तो करार उल्लङ्घन भएको मानिनेछ र अर्को पक्षले तुरुन्त रद्द गर्न सक्नेछ ।