दफा ३९८
सम्झौता हेरफेर गर्न सक्ने

बहालमा लिने दिने व्यक्तिले आपसी समझदारीमा घर बहाल सम्झौतालाई आवश्यक हेरफेर गर्न सक्नेछन्। तरत्यस्तो सम्झौता यस संहिता बमोजिम रजिष्ट्रेशन पारित भएको रहेछ भने सम्बन्धित निकायमा निवेदन दिईहेरफेर गर्नु पर्नेछ ।