दफा ४१६
सम्पत्ति पाउने व्यक्तिको स्वामित्व हुने

(१) दफा ४१४ बमोजिम कुनै व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गरिदिएमा त्यसरी सम्पत्ति हस्तान्तरणगरेको मितिदेखि त्यस्तो सम्पत्तिमा रहेको निजको स्वामित्व समाप्त भई त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिकोनाममा स्वामित्व कायम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आफ्नो शेषपछि हक हुने गरी सम्पत्ति हस्तान्तरणगरेकोमा निजको शेषपछि मात्र सम्पत्ति पाउने व्यक्तिको नाममा स्वामित्व कायम हुनेछ ।
(३) दुई वा दुईभन्दा बढी व्यक्तिले एउटै सम्पत्ति प्राप्त गरेमा जसले जे जति सम्पत्ति पाएको छ सोही अनुपातमा त्यस्तोसम्पत्तिमा निजको हक कायम हुनेछ ।
(४) सम्पत्ति प्राप्त गर्दा कुनै व्यक्तिले यति हिस्सा पाउने भनी लिखतमा उल्लेख नभएकोमा सम्पत्ति प्राप्त गर्ने सबैव्यक्तिले समान रूपले सम्पत्ति पाएको मानिनेछ ।