दफा ४४६
सम्पत्तिको प्रतिफल वा लाभ बन्धकीमा दिन सक्ने

दफा ४४५ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले बन्धकीमा लिएको सम्पत्ति बन्धकी नदिई त्यस्तो सम्पत्तिबाट प्राप्त हुने प्रतिफल, लाभ वा सुविधा वा त्यस्तो सम्पत्ति खेतीयोग्य जग्गा भए त्यसबाट प्राप्त हुने उब्जनी, बाली, रुख, बाँस, पाकेको वा पाक्ने फलफूल, तरकारी, फूल वा अन्य कुनै किसिमको पैदाबार मात्र लखबन्धकीमा दिन सक्नेछ ।