दफा ९८
सम्बन्ध विच्छेद गरिदिनु पर्ने

दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ ।
तर दफा ९७ वमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा
बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले
सम्बन्ध विच्छेद गराई दिन पर्नेछ ।