दफा ६५९
सरोकारवालाले भुक्तान गरेको रकम शोधभर्ना गर्नु पर्नेः

कानून बमोजिम कुनै व्यक्तिले तिर्नु पर्ने रकम अर्को व्यक्तिले तिर्ने गरी करार भएकोमा निजले त्यस्तो रकम नतिरी जुन व्यक्तिले त्यस्तो रकम तिर्नु पर्ने हो सोही व्यक्तिले तिरेकोमा निजलाई करार गर्ने व्यक्तिले शोधभर्ना गर्नु पर्नेछ ।