दफा ३३१
सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्ने

(१) एकभन्दा बढी गुठी सञ्चालक रहेको गुठीमा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक सम्भव भएसम्म गुठीसञ्चालकहरू सबैको सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सर्वसम्मत कायम हुन नसकेमा तत्काल कायम रहेका गुठी सञ्चालकहरूको बहुमतद्वारा र त्यस्तो सम्भवनभएमा उमेरको हिसाबले ज्येष्ठ गुठी सञ्चालकको निर्णय बमोजिम गुठी सञ्चालन हुन सक्नेछ ।