दफा ७९
सहमतिपत्र तयार गर्नु पर्ने

दफा ७८ बमोजिम निवेदक बीच विवाह हुने निर्णय भएमा सम्बन्धित अधिकारीले निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानून बमोजिम एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरा समेत खुलाई विवाहको सहमतिपत्र तयार गरी आफ्नो रोहबरमा निजहरू तथा उपस्थित साक्षीहरूको सहीछाप गराई त्यस्तो सहमतिपत्रमा आफूले समेत सहीछाप गर्नु पर्नेछ ।