दफा ६५८
सार्वजनिक निकायले गरेको खर्च व्यर्होनु पर्नेः

कसैले आफ्नो वा सर्वसाधारणको जीउ, ज्यान वा सम्पत्तिको सुरक्षाका लागि कानून बमोजिम पालन गर्नु पर्ने स्वास्थ्य वा सुरक्षा सम्बन्धी आवश्यक उपायहरू स्वेच्छाले पालना नगरी कुनै सरकारी वा सार्वजनिक निकायले पालना गरे वा गराएको भए त्यस्ता उपायहरू पालना गर्न वा गराउन निजको मञ्जुर नभएमा पनि त्यस वापत लागेको मनासिब खर्च निजले व्यहोर्नु पर्नेछ ।