दफा ५८९
साहूहरू समान स्थितिमा रहनेः

(१) कसैले आप्mनो कुनै वस्तु धितो राखी एक पटक वा पटकपटक गरी एकभन्दा बढी साहूहरूबाट ऋृण लिएको रहेछ र त्यसरी धितो राखिएको वस्तुले सबै साहूहरूको ऋण चुक्ता गर्न नपुग्ने अवस्था रहेछ भने करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सुरक्षण वापत वस्तु धितो लिने सबै साहूहरू बाँकी रहेको ऋणमा समान (पारी पासु) स्थितिमा रहेको मानिनेछ र त्यस्तो वस्तु उपर सबै साहूहरूको समानुपातिक रूपमा दाबी लाग्नेछ ।
(२) उपदफा (१) बमोजिम धितो दिई सकिएको वस्तु उपर भविष्यमा अर्को साहूले प्राथमिकता पाउने गरी धितो राखी गरिएको करार बदर हुनेछ । साहूले त्यस्तो ऋणको सम्बन्धमा अरू साहूहरू छन् भन्ने कुरा थाहा हुँदाहुँदै त्यस्तो करार बदर हुनु अगाडि नै त्यस्तो धितोबाट ऋण असूल उपर गरी सकेको रहेछ भने त्यस्तो रकम अन्य साहूलाई फिर्ता गरी निजले धितो दिनेको अन्य जायजेथाबाट असूल उपर गर्नु पर्नेछ ।