दफा १४०
सुपरीवेक्षक तोक्न सक्ने

(१) दफा १३९ बमोजिम अदालतबाट संरक्षक नियुक्त गरेकोमा त्यस्तो संरक्षकको काम कारबाहीको सम्बन्धमा जाँचबुझ गर्नआवश्यक देखेमा अदालतले कुनै व्यक्तिलाई सुपरीवेक्षक तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको सुपरीवेक्षकले संरक्षकको काम कारबाहीको सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यसको प्रतिवेदनअदालत समक्ष पेश गर्नु पर्नेछ ।
(३) दफा १४८ बमोजिम संरक्षकत्व समाप्त भएकोमा सुपरीवेक्षकत्व पनि स्वतः समाप्त भएको मानिनेछ ।