दफा ५३२
सुविधा दिनु पर्ने

(१) करार गर्ने पक्षहरूले एक अर्कालाई आफ्नो तर्फबाट करारको परिपालना गर्न आवश्यक पर्ने सुविधा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सुविधा नदिएको कारणबाट करार परिपालना हुन नसकेमा त्यसरी परिपालना गर्न नसक्ने पक्ष उत्तरदायी हुने छैन ।