दफा ३६९
सुविधाभारको व्यवस्था प्रयोग गर्न दिनु पर्ने

(१) दफा ३६८ बमोजिम सुविधाभारको व्यवस्था भएकोमा सम्बन्धित अचल सम्पत्तिको धनीले सुविधाभारको व्यवस्था बमोजिम आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई भोगचलन वा प्रयोग गर्न दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक प्रयोजनको लागि सुविधाभारको व्यवस्था भएकोमा त्यस्तो सुविधाभार वैयक्तिक प्रयोजनको लागि समेत प्रयोग गर्न सकिनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कायम भएको सुविधाभार कानून बमोजिम प्रयोग गर्न सकिनेछ ।