नियम ४५
स्थानीय तहमा अभिलेख राख्ने
(१) सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तहमा अभिलेख राख्ने प्रयोजनका लागि आफ्नो समूहको विधान, समूह दर्ता प्रमाणपत्रको प्रतिलिपि, सामुदायिक वनको स्वीकृत कार्ययोजना र सामुदायिक वन हस्तान्तरण प्रमाणपत्रको एक एक प्रति सम्बन्धित स्थानीय तहमा बुझाउनु पर्नेछ।

(२) सामुदायिक वन उपभोक्ता समूहले प्रत्येक आर्थिक वर्षः समाप्त भएको तीन महिनाभित्र देहाय बमोजिमका कागजात र विवरण सम्बन्धित स्थानीय तहमा उपलव्ध गराउनु पर्नेछ:- (क) ऐनको दफा २२ को उपदफा (१) बमोजिम सञ्चालन गर्ने क्रियाकलाप सम्बन्धी योजना र लागत विवरण,

(ख) सामुदायिक वन उपभोक्ता समूहको वार्षिक प्रतिवेदन र लेखापरीक्षण: प्रतिवेदन,

(ग) सामुदायिक वन उपभोक्ता समूहले बिक्री गरेको वन पैदावारको वार्षिक विवरण ।

(३) स्थानीय तहले सामुदायिक वन उपभोक्ता समूहबाट प्राप्त विवरणका आधारमा आफ्नो कार्यक्षेत्र भित्रका सामुदायिक वन उपभोक्ता समूहको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ र त्यस्तो उपभोक्ता समूहलाई प्रचलित कानून बमोजिम आवश्यक सहयोग तथा सहजीकरण गर्नु पर्नेछ।