दफा २५५
स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरण
सम्पत्तिको स्वामित्व तथा त्यसको प्रयोगको स्वरुपको आधारमा सम्पत्तिको वर्गीकरण देहाय बमोजिम हुनेछ :–
(क) निजी सम्पत्ति,
(ख) सगोलको सम्पत्ति,
(ग) संयुक्त सम्पत्ति,
(घ) सामुदायिक सम्पत्ति,
(ङ) सार्वजनिक सम्पत्ति,
(च) सरकारी सम्पत्ति,
(छ) गुठीको सम्पत्ति ।