दफा ३५७
स्वीकृति बिना सम्पत्तिको संरचना हेरफेर गर्न नपाउने

फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त भएको सम्पत्ति स्वामित्ववालाको पूर्व स्वीकृति बिना त्यस्तो सम्पत्तिको मौलिक अवस्था (सब्स्टयान्स) वा त्यसको स्वरूप (फर्म) मा उल्लेख्य रूपमा हेरफेर गर्न वा त्यस्तो सम्पत्ति बिनाश गर्न पाउने छैन । तर फलोपभोग अन्तर्गत दिइएको सम्पत्तिको स्वरुप हेरफेर वा त्यसको बिनाश बिना प्रयोग गर्न नसकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सम्पत्ति फिर्ता गर्दा कायम हुन सक्ने मूल्य तिरी त्यस्तो सम्पत्तिको स्वरुप हेरफेर वा बिनाश गरी प्रयोग गर्न सकिनेछ ।