दफा ६४९
स्वेच्छाले अरूको सम्पत्तिको व्यवस्थापन गरेकोमा बीचैमा छोड्न (निगोशिओरम जेष्टिओ)

कसैले कुनै व्यक्तिको बन्द व्यापार वा सम्पत्ति त्यस्तो व्यक्तिको जानकारी वा अख्तियारी बिना आफूखुशीले व्यवस्थापन वा सञ्चालन गरेकोमा त्यस्तो बन्द व्यापार वा सम्पत्ति कायम रहेसम्म त्यस्तो व्यक्ति वा निजको हकदार वा प्रतिनिधिलाई जिम्मा नलगाई वा त्यस्तो व्यक्तिले नहटाएसम्म बीचैमा छोड्न हुँदैन ।