नियम १२३
(१) नियम १२२ बमोजिमको जिल्ला वनक्षेत्र समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
-

(क) जिल्लाभित्रको वन, वन्यजन्तु तथा जलाधारको संरक्षण, व्यवस्थापन र विकासका लागि सहजीकरण गर्ने,

(ख) जिल्लाको वन विकास योजना, आवधिक तथा वार्षिक विकास योजना, ऐन र यस नियमावली बमोजिम योजना तर्जुमा र कार्यक्रम तथा आयोजनाको कार्यान्वयनमा समस्या भएमा समाधान गर्न सहजीकरण गर्ने,

(ग) बन संरक्षण तथा व्यवस्थापनका क्रममा आईपर्ने समस्या समाधानका लागि समन्वय तथा सहजीकरण गर्ने, (घ) वन विकास योजना तथा वार्षिक विकास योजना कार्यान्वयनको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने र समीक्षा गर्ने,

(ङ) वन क्षेत्रको दिगो .विकासका लागि स्थानीय तहसँग समन्वय गर्ने,

(च) वन उपभोक्ता ८ समूहसँग सम्बन्धित समस्या समाधानका लागि सहजीकरण गर्ने वा गराउने,

(छ) वन उपभोक्ता समूहको क्षेत्र र वन सीमा सम्बन्धी विवाद भएमा समाधानका लागि सहजीकरण गर्ने।

(२) नियम १२२ बमोजिमको जिल्ला वनक्षेत्र समन्वय समितिबाट विद्यमान वन व्यवस्थापन पद्धतिमा प्रतिकूल प्रभाव पार्ने र वन क्षेत्रको भू-उपयोग परिवर्तन हुने गरी कुनै पनि निर्णय गरिने छैन।