नियम ११९
(१)
डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्र भित्रको ८ वनक्षेत्रमा भएको अतिक्रमण हटाउनु पर्नेछ ।
(२) वन अतिक्रमण नियन्त्रणमा डिभिजनल वन अधिकृतलाई सहजीकरण तथा संहयोग गर्नका लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको एक. वन अतिक्रमण नियन्त्रण समिति रहनेछः-
(क) प्रमुख जिल्ला अधिकारी -संयोजक (ख) जिल्ला समन्वय अधिकारी -सदस्य (ग) प्रमुख, जिल्ला प्रहरी कार्यालय -सदस्य (घ)“ प्रमुख, जिल्लास्थित सशस्त्र -सदस्य प्रहरी बल, नेपाल (ङं) प्रमुख, नापी कार्यालय -सदस्य (च) सम्बन्धित जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व भएका ररस्य राजनीतिक दलका जिल्ला स्थित प्रतिनिधि (छ) सम्बन्धित स्थानीय तहको अध्यक्ष वा प्रमुखले तोकेको पस्य प्रतिनिधि (ज) सम्बन्धित वन उपभोक्ता -सदस्य समूहको अध्यक्ष (झ) डिभिजनल वन अधिकृत रसदस्य-सचिव
(३) कुनै जिल्लामा एक भन्दा बढी डिभिजन वन कार्यालय भएमा जिल्लाको सदरमुकाममा रहेको डिभिजन वन कार्यालयको डिभिजनल वन अधिकृत उपनियम (२) बमोजिमको समितिको सदस्य-सचिवको रुपमा र अन्य डिभिजनल वन अधिकृत सदस्यको रुपमा रहनेछन्।
(४) उपनियम (२) बमोजिमको वन अतिक्रमण नियन्त्रण समितिले डिभिजनल वन अधिकृतलाई वन अतिक्रमण हटाउन आवश्यक सहयोग गर्नुका साथै अतिक्रमण हटाउँदाका बखत आवश्यक सुरक्षाको प्रबन्ध गर्नु पर्नेछ।
(५) डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्रभित्रको वन अतिक्रमणको अवस्था सहितको तथ्याङ्क र अतिक्रमण नियन्त्रणको प्रगति प्रदेश मन्त्रालय, विभाग र उपनियम (२) बमोजिमको वन अतिक्रमण नियन्त्रण समिति समक्ष पेस गर्नु पर्नेछ।
(६) अतिक्रमण हटाएको वन क्षेत्रमा डिभिजनल वन अधिकृतले यथाशीघ्र वृक्षारोपण गरी वनको संरक्षण तथा व्यवस्थापन गर्नु पर्नेछ।