दफा १५
कार्यविवरण
 (१) समितिले स्वीकृत गरेको सङ्गठनको कार्यविवरणको आधारमा महासचिवले सेवाका प्रत्येक पदको कार्यविवरण बनाई लागू गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्य विवरणमा सम्बन्धित पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र सो पदको लागि आवश्यक पर्ने योग्यता समेत स्पष्ट रुपमा उल्लेख भएको हुनु पर्नेछ।
(३) कर्मचारीलाई पदस्थापन गर्दा पदस्थापनपत्रका साथ निजको कार्यविवरण र सो कार्यविवरण अनुसारको मूल्याङ्कन गर्ने सुचकाङ्क समेत उपलब्ध गराउनु पर्नेछ ।
(४) कार्य विवरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।