दफा २३
परीक्षणकाल
(१) संघीय संसद सेवाको स्थायी पदमा शुरू नियुक्ति गर्दा पुरुष कर्मचारीको हकमा एक वर्ष र महिला कर्मचारीको हकमा छ महिनाको परीक्षणकालमा रहने गरी गरिनेछ ।
(२) परीक्षणकालमा निजको काम सन्तोषजनक नभएमा त्यस्तो नियुक्ति बदर गर्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्ति बदर नगरिएका कर्मचारीको परीक्षणकाल समाप्त भएपछि सो नियुक्ति स्वतः सदर भएको मानिनेछ ।
तर एकपटक संघीय संसद सेवाको वा अन्य सरकारी सेवाको स्थायी पदमा परीक्षणकाल भुक्तान गरिसकेको कर्मचारी संघीय संसद सेवाको स्थायी पदमा नियुक्ति भै रमाना लिई आएमा त्यस्तो कर्मचारीलाई पुन परीक्षणकालमा राखिने छैन ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “अन्य सरकारी सेवा” भन्नाले निजामती सेवा र नेपाल स्वास्थ्य सेवा सम्झनु पर्छ ।