दफा ९३
मर्यादापालक
(१) संघीय संसद परिसरको सुरक्षा गर्न तथा संघीय संसद र संघीय संसदको समितिको बैठक सुचारु रुपले सञ्चालनको लागि मर्यादापालन सम्बन्धी कार्यमा सघाउ पुर्याउन सचिवालयमा आवश्यक संख्यामा मर्यादापालकहरु रहनेछन्।
(२) उपदफा (१) बमोजिम रहने मर्यादापालकको दरबन्दी, श्रेणी र तह तोकिए बमोजिम हुनेछ ।