दफा २६
बढुवा
(१) व्यवस्थापिका–संसद सेवाको राजपत्राङ्कित पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्दा बढुवा समितिको सिफारिसमा गरिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका–संसद सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा देहाय बमोजिम बढुवा गरिनेछः-
(क) राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बढुवा गर्न बढुवा समितिले सम्भाव्य उम्मेदवारहरुमध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर संख्यामा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरुलाई सिफारिस गर्नेछ र त्यसरी सिफारिस गरिएका उम्मेदवारहरुमध्येबाट समितिले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहर्याएको उम्मेदवारलाई बढुवा गर्नेछ ।
(ख) खण्ड (क) बमोजिमको विशिष्ट श्रेणीको पदमा सम्भाव्य उम्मेदवार हुन राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीले नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालिम समेत उत्तीर्ण गरेको हुनु पर्नेछ ।
तर यो दफा प्रारम्भ भएपछि एक वर्षभित्र हुने बढुवामा यो व्यवस्था लागू हुने छैन ।
(ग) खण्ड (क) बमोजिमको विशिष्ट श्रेणीको बढुवाको लागि कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा बढुवा हुन जति वर्षको न्यूनतम सेवा अवधि आवश्यक पर्ने हो, पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कनको गणना गरिनेछ ।
(३) व्यवस्थापिका–संसद सेवाको राजपत्र अनङ्कित पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि सिफारिस गर्न तोकिए बमोजिमको बढुवा समिति रहनेछ ।