नियम १३१
निवृत्तिभरण
: (१) बीस वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकास पाएको मितिदेखि निवृत्तिभरण पाउनेछ ।
तर मिति २०६०।१२।२६ अगावै नियुक्ति भएका प्रहरी कर्मचारीले देहाय बमोजिम वा सोभन्दा बढी अवधिसम्म प्रहरी सेवामा काम गरी नोकरीबाट अवकास भएमा निवृत्तिभरण पाउनेछ :
(क) राजपत्राङ्कित अधिकृत – २० वर्ष
(ख) प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक – १८ वर्ष
(ग) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हकल्दार र प्रहरी जवान – १६ वर्ष
(२) उपनियम (१) बमोजिम दिइने निवृत्तिभरणको हिसाब देहाय बमोजिम हुनेछ :
(क) प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकको निमित्त :– नोकरी वर्ष आखिरी तलब ५०
(ख) प्रहरी नायब नायव निरीक्षक र सोभन्दा मुनिका प्रहरी कर्मचारीको निमित्त :–
नोकरी वर्ष आखिरी तलब ४०
(३) प्रहरी वरिष्ठ हवल्दार र सोभन्दा मुनिका निवृत्तिभरण पाइरहेका व्यक्तिहरूको उमेर साठी वर्ष पूरा भएपछि निजले पाइरहेको निवृत्तिभरणको अङ्कमा तीस प्रतिशत थप गरिनेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब स्केलको शुरु अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलबको शुरु स्केलभन्दा बढी हुने छैन ।
(५) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि पु¥याउन चाहिने वर्ष थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिईनेछ ।
(६) प्रहरी प्राविधिक नियमावली, २०५८ बमोजिम प्राविधिक समुहमा नयाँ नियुक्ति भएको राजपत्राङ्कित द्वितीय वा तृतीय श्रेणीको पदको प्रहरी कर्मचारी यस नियमावली बमोजिम निवृत्तिभरण पाउने सेवा अवधि पूरा नहँुदै सेवाबाट अवकास प्राप्त हुने भएमा निवृत्तिभरण प्राप्त गर्नका लागि वढीमा चार वर्ष सेवा अवधि थप भए निवृत्तिभरण पाउने भएमा नेपाल सरकारले बढीमा चार वर्ष सेवा अवधि थप गरी निवृत्तिभरण दिन सक्नेछ ।
(७) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएको प्रहरी कर्मचारीले यस नियमावली बमोजिमको निवृत्तिभरण पाउने छैन ।