नियम २०
परीक्षणकाल
(१) खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा नियुक्ति पाएको प्रहरी कर्मचारीलाई एक वर्षको परीक्षणकालमा राखिनेछ ।
(२) परीक्षणकालमा काम सन्तोषजनक भएको र आधारभूत तालीममा उत्तीर्ण भएको प्रहरी कर्मचारीले राष्ट्रिय झन्डा र प्रहरी झन्डा छोई अनुसूची–६ बमोजिमको ढाँचामा शपथग्रहण गरेपछि निजको नियुक्ति सदर भएको मानिनेछ ।