नियम १९७
पुरस्कार
: देहायका पदाधिकारीहरूले आफ्नो र आफ्ना मातहत कार्यालयका प्रहरी कर्मचारीहरूले आफ्नो कर्तव्यपालनको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीहरूलाई पुरस्कार स्वरूप देहाय बमोजिम तलबवृद्धि थप वा एकमुष्ट रकम दिन सक्नेछन् :–
(क) प्रहरी महानिरीक्षकले पाँच तलबवृद्धिसम्म थप वा दुई हजार पाँचसय रूपैयाँसम्म ।
(ख) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी उपरीक्षक र सोदेखि माथिका प्रहरी अतिरिक्त महानिरीक्षकले तीन तलबवृद्धिसम्म थप वा एक हजार पाँचसय रूपैयाँसम्म ।
(ग) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षकले दुई तलबवृद्धिसम्म थप वा एक हजार रूपैयाँसम्म ।