नियम २६
बढुवा
: (१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा समितिले पद पूर्ति गरिसक्नु पर्नेछ ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक निरीक्षकको रिक्त पदमा बढुवाद्वारा पूर्ति गर्ने प्रयोजनको लागि पूर्ति गरिने रिक्त पदको जेष्ठताको आधारमा तीन गुणा बढी सम्भाव्य उम्मेद्वारहरु कायम हुने गरी नियम ४३ बमोजिमको बढुवा समितिको सचिवालयले बढुवा प्रकृया अघि बढाउनु पर्ने छ ।
(३) उपनियम (२) बमोजिम सम्भाव्य उम्मेदवारहरु कायम गर्दा सम्वन्धित ब्याच र खास मिति सम्म नियुक्ति भएका त्यस्ता प्रहरी कर्मचारीहरु तीन गुणा भन्दा बढी हुने अवस्था आए सो हदसम्म त्यस्ता प्रहरी कर्मचारीहरुलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार कायम गर्न बाधा पर्ने छैन ।