नियम १३०
उपदान
: (१) पाँच वर्ष वा सो भन्दा वढी सेवा गरेको तर नियम १३१ बमोजिम निवृत्तिभरण पाउने अवधि नपुगेको प्रहरी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाईएमा देहायको दरले उपदान पाउनेछ ः–
(क) पाँच वर्ष भन्दा वढी दश वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव,
(ख) दश वर्ष भन्दा वढी पन्ध्र वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब ।
(ग) पन्ध्र वर्षभन्दा वढी बीस वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीले सेवा पाउने वा सो सेवामा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो प्रहरी कर्मचारीलाई उपदान दिईने छैन ।