दफा १३७
अन्य व्यक्ति संरक्षक मानिने

दफा १३६ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै असक्षम वा अर्धसक्षम व्यक्तिलाई सो दफामा लेखिएका व्यक्तिलेसंरक्षकत्व प्रदान नगरी अन्य व्यक्तिले संरक्षकत्व प्रदान गरेको भए त्यसरी संरक्षकत्व प्रदान गर्ने व्यक्ति नैत्यस्तो व्यक्तिको संरक्षक मानिनेछ। तर त्यस्तो संरक्षक हुने व्यक्तिले आफू संरक्षक भएको व्यहोरा अदालतबाट प्रमाणितगर्नु पर्नेछ।