दफा ५२७
करार पूरा गर्नु नपर्ने अवस्था
देहायका कुनै अवस्थामा करार बमोजिमको काम गर्न वा करारको परिपालना गर्न आवश्यक पर्ने छैन :
(क) करारको एक पक्षले अर्को पक्षलाई करार बमोजिमको दायित्व पूरा गर्नु नपर्ने गरी छुट दिएमा,
(ख) बदर गराउन सकिने करार बदर गराउन पाउने पक्षले बदर गराएमा,
(ग) अर्को पक्षले करार उल्लङ्घन गरेको कारणबाट करारको परिपालना हुन नसक्ने भएमा,
(घ) यस भागको कुनै व्यवस्था बमोजिम करार बमोजिमको काम गर्नु नपर्ने भएमा,
(ङ) दफा ५३१ बमोजिमको कार्यान्वयन नहुने करार भएमा ।