दफा ३१८
गुठी दर्ता गर्नु पर्ने

(१) दफा ३१६ बमोजिम गुठी स्थापना गर्न निवेदन पर्न आएमा पञ्जिकाधिकारीले गुठीको उद्देश्य र गुठी स्थापना गर्नप्रस्ताव गरिएको सम्पत्तिको विवरण सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा गुठी दर्ता गर्न मनासिब देखिएमा त्यसरी निवेदनपरेको पैँतीस दिनभित्र गुठी दर्ता गरी गुठी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गुठी दर्ता भएमा गुठी स्थापना भएको मानिनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजी गुठी दर्ता बिना पनि सञ्चालन गर्न सकिनेछ । तर कसैलेत्यसरी निजी गुठी सञ्चालन गरेमा त्यसको जानकारी सम्बन्धित पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।