दफा ५६९
जमानत दिने व्यक्तिहरूको दायित्व बराबर हुने

(१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूले संयुक्त रूपमा मिली वा छुट्टा छुट्टै कुनै ऋण वा दायित्व वापत संयुक्त रूपमा जमानत दिएकोमा त्यस्तो ऋण वा दायित्व ऋणीले पूरा नगरेमा करारमा अन्यथा व्यवस्था भएकोमाबाहेक जमानत दिने व्यक्तिहरूले बराबरीको हिसाबले त्यस्तो ऋण वा दायित्व तिर्नु वा करार परिपालना गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम संयुक्त रूपमा जमानत दिँदा खण्ड खण्ड गरी जमानत दिएको भएमा त्यस्तो जमानत दिने व्यक्तिले आफूले जमानत दिएको खण्डको हदसम्मको दायित्व मात्र तिर्नु व्यहोर्नु पर्नेछ ।