दफा ५५५
जोखिम व्यहोर्नु पर्ने

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण नभएसम्म त्यस्तो वस्तुको हानि, नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।
(२) बिक्रेता वा क्रेताको कारणले वस्तु हस्तान्तरण हुन ढिलाई भएकोमा जसको कारणले ढिलाई भएको हो सोही व्यक्तिले वस्तुमा उपदफा (१) बमोजिमको हानि, नोक्सानीको जोखिम व्यहोर्नु पर्नेछ ।
(३) खरिद भएको स्थानबाट क्रेताले तोकेको स्थानसम्म वस्तु पुर्याउन मञ्जुर गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको हानि, नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।