दफा ६४१
ज्याला मजुरी दिनु पर्नेः

(१) दफा ६४० बमोजिम कसैलाई कुनै काममा लगाउँदा काम गर्ने व्यक्तिले आफूखुशीले ज्याला मजुरी बिना काम गर्न मञ्जुर गरेकोमा बाहेक काम लगाउनेले काम गर्नेलाई कामको अनुपातमा ज्याला मजुरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने व्यक्तिको मञ्जुरीले कुनै खास ज्याला तोकेकोमा सोही बमोजिमको र नतोकेकोमा त्यस्तो काम गरे वापत काम गरेको ठाउँमा चलन चल्तीमा रहेको दर अनुसारको ज्याला मजुरी दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने बीच अन्यथा सहमति भएकोमा बाहेक काम सम्पन्न भएपछि ज्याला मजुरी दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम ज्याला मजुरी निर्धारण गर्दा काम गर्ने र काममा लगाउने बीच अन्यथा सहमति भएकोमा बाहेक काम गरेको प्रत्येक दिनलाई आधार मानी ज्याला मजुरी निर्धारण गर्नु पर्नेछ ।