दफा ४०८
दान वा बकस बदर हुने
यस परिच्छेद बमोजिम दिइएको दान वा बकस देहायका कुनै अवस्थामा स्वतः बदर हुनेछ :–
(क) दान वा बकस पाउने व्यक्ति आफैँले वा आफ्नो प्रतिनिधि मार्फत दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा,
(ख) कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा दान वा बकस दिने व्यक्तिभन्दा दान वा बकस पाउने व्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था विघटन भएमा,
(ग) गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा,
(घ) दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा ।