दफा १९४
धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्ने

(१) नेपाली नाबालक वा नेपालमा बसोबास गरेका विदेशीका कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्नचाहने दफा १९२ बमोजिम योग्यता पुगेको विदेशी वा दम्पतिले नेपालस्थित आफ्नो देशको राजदूताबास र त्यस्तोराजदूताबास नभए नेपालको निमित्त तोकिएको राजदूताबास वा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिनेसम्बन्धित मुलुकको केन्द्रीय निकाय मार्फत देहायका कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :–
(क) निवेदकको जन्म दर्ता प्रमाणपत्र,
(ख) निवेदकको हालसालै खिचिएको फोटो,
(ग) निवेदकको राहदानीको प्रतिलिपि,
(घ) निवेदकको वैवाहिक अवस्था प्रमाणित गर्ने कागज,
(ङ) निवेदकको स्वास्थ्य सम्बन्धमा अनुमति प्राप्त चिकित्सकले दिएको प्रमाणपत्र,
(च) निवेदक असल चरित्र भएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको भनी सम्बन्धितमुलुकको सरकारी निकायले दिएको प्रमाणपत्र,
(छ) निवेदकको सम्पत्ति र आयस्रोत प्रमाणित गर्ने कागजात,
(ज) निवेदकको सामाजिक, मनोवैज्ञानिक र गृह अध्ययन सम्बन्धी प्रतिवेदन (सोसल, साइकोलजिकल, होमस्टडीरिपोर्ट),
(झ) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन चाहेको बालबालिकाको उमेर, लिङ्ग र अन्य विवरण,
(ञ) निवेदकलाई निजको देशको सरकारले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री लिन दिएको सहमतिपत्र,
(ट) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार धर्मपुत्र वा धर्मपुत्री हुनेव्यक्तिको हैसियत आफ्नै छोरा छोरी सरह हुने भन्ने सम्बन्धित देशको सरकार वा सो देशको नेपालस्थित वानेपालका लागि तोकिएको राजदूताबासबाट लेखिएको प्रत्याभूतिपत्र
(ठ) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार निज धर्मपुत्र वा धर्मपुत्री लिनयोग्य भएको र निजसँग धर्मपुत्र वा धर्मपुत्री हुने नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा संरक्षणलगायतको सम्पूर्ण जिम्मेवारी वहन गर्ने आर्थिक क्षमता भएको सम्बन्धमा त्यस्तो व्यक्तिको मुलुकको सरकार,त्यस्तो देशको नेपालस्थित वा नेपालको लागि तोकिएको राजदूताबासबाट लेखिएको प्रत्याभूति पत्र ।
(२) उपदफा (१) बमोजिमका कागजात अंग्रेजी भाषामा लेखिएको वा अधिकार प्राप्त निकायले अंग्रेजी वा नेपाली भाषामा अनुवादगरेको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदकको माग बमोजिम धर्मपुत्र वा धर्मपुत्री दिन उपयुक्तदेखिएमा बोर्डले निवेदकको नाम र ठेगाना गोप्य राखी त्यस सम्बन्धी विवरण छनौट समितिमा पठाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम निवेदन दिँदा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरे वमोजिमको निवेदन दस्तुर बुझाउनुपर्नेछ ।