दफा १८१
धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व

(१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :–
(क) धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरी सरह आफ्नो इज्जत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्य, खेलकुद,मनोरञ्जन तथा उचित शिक्षाको व्यवस्था गर्ने,
(ख) धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्ने ।
(ग) यस भागको परिच्छेद–५ बमोजिमको अख्तियारी प्रयोग गर्ने ।
(२) उपदफा (१) बमोजिमको दायित्व धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीलेआफ्नो अंश छुट्याई भिन्न हुन सक्नेछ ।