दफा ७१८
नेपालको अदालतलाई क्षेत्राधिकार हुनेः
देहायका विषयका सम्बन्धमा उत्पन्न विवादको कारबाही र किनारा गर्ने क्षेत्राधिकार नेपालको अदालतलाई हुनेछ:–
(क) नेपालभित्र बसोबास गर्ने विदेशीहरूबीच वा विदेशी र नेपाली नागरिक बीच यस संहिता वा अन्य कानून बमोजिम नियमित भएकाविषय,
(ख) नेपालमा बसोबास गर्ने विदेशी प्रतिवादी भएको मुद्दाको विषय,
(ग) मृत्यु हुँदाका बखत नेपालमा सम्पत्ति भई नेपालमा बसोबास गर्ने विदेशीको अपुतालीको विषय,
(घ) नेपाली नागरिक र विदेशी बीच विदेशमा लेनदेन व्यवहार वा कारोबार भएकोमा त्यसको भुक्तानी नेपालभित्र हुनेविषय,
(ङ) विदेशीहरूबीच वा विदेशी र नेपाली नागरिक बीच नेपालभित्र रहेको सम्पत्ति सम्बन्धी विषय,
(च) नेपालभित्र सम्पन्न वा नेपालमा परिपालन हुने विदेशी व्यक्तिहरूबीच वा कम्तीमा एक पक्ष नेपालको नागरिक वासङ्गठितसंस्था पक्ष रहेको करार सम्बन्धी विषय,
(छ) पक्ष वा विपक्ष दुवै नेपाली नागरिक भएको वा नेपालमा सामान्य बसोबास भएका विदेशी रहेको नेपाल बाहिर भएकोदुष्कृति, अर्धकरार वा अनुचित सम्वृद्धि सम्बन्धी विषय,
(ज) नेपालका अदालतबाट निरुपण गर्नु पर्ने दफा ६९९ को उपदफा (२) अन्तर्गतका विषय ।