दफा २७३
प्रतिकूल भोगाधिकार रहेको मानिने

(१) यस परिच्छेदमा अन्यत्र जुनुसकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आफ्नो सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ । तर, (१) सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगाधिकार प्राप्त हुने छैन ।
(२) कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ। (२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगाधिकार प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वामित्ववालाको जानकारी विना, गोप्य रूपमा वा जबरजस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा यो दफाको व्यवस्था लागू हुने छैन ।
(४) यस दफा बमोजिमको अवधि गणना गर्दा यो संहिता प्रारम्भ भएको मितिबाट गणना गरिनेछ ।