दफा ३७८
प्राकृतिक रूपमा रहेको पानीको बहाव रोक्न नहुने

(१) प्रत्येक घर वा जग्गाको स्वामित्ववालाले आफ्नो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैँले गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था नभएकोमा प्राकृतिक रूपमा वर्षाको पानी जता तर्फ बग्दछ सोही बमोजिम बग्न दिनु पर्नेछ । तर कुलो बनाई, भल नियन्त्रण वा बगेको पानी अन्य कुनै किसिमबाट डाइभर्सन गरी वा मानवीय हस्तक्षेपबाट तल्लो पट्टिको जग्गामा प्रतिकूल असर पर्ने गरी बगाउन पाइने छैन।