दफा ६२
बढी ऋण देखाउने साहूको ऋणले प्राथमिकता नपाउने

दफा ६१ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दामासाहीमा पर्न लागेको व्यक्ति र कुनै साहूको मिलोमतोबाट अन्य साहू वा दाबीकर्तालाई हानि, नोक्सानी पु¥याउने बदनियतले नभए वा नगरेको व्यवहारबाट बढी ऋण वा दाबी देखाएको ठहरिएमा त्यस्तो साहूको ऋण अन्य साहू वा दाबीकर्ताको ऋण वा दायित्व असुल उपर भएपछि मात्र भुक्तानी वा फछ्र्यौट गर्नु पर्नेछ ।