दफा ४८७
मञ्जुरी नलिई चल सम्पत्ति सट्टा पट्टा गर्न नहुने

(१) एकासगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई संगोलको कुनै सम्पत्ति सट्टा पट्टा गर्न हुँदैन । तर आफ्नो निजी सम्पत्ति सट्टापट्टा गर्न घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी लिनु पर्ने छैन ।
(२) उपदफा (१) विपरीत कसैलेसम्पत्ति सट्टापट्टा गरेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले मञ्जुर नगरे त्यस्तो सम्पत्ति सट्टापट्टा गरेको मान्य हुने छैन ।
(३) उपदफा (१) विपरीत सम्पत्ति सट्टापट्टा गरेकोमा घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी नभए पैँतीस दिनभित्र आफ्नो सम्पत्ति फिर्ता लिन सकिने छ ।