दफा ४६८
लिखत पारित गर्दा दस्तुर लाग्ने

(१) लिखत पारित गर्दा कानून बमोजिमको दस्तुर लाग्नेछ ।
(२) कुनै लिखतको पारित दस्तुर कानूनद्वारा तोकिएकोमा बाहेक रकम लिनुदिनु गरी लिखत भएकोमा लिखतमा उल्लिखित रकमको आधारमा दस्तुर लाग्नेछ । तर त्यस्तो लिखतमा लेखिएको अचल सम्पत्तिको मूल्य नेपाल सरकारले तोकेको न्यूनतम मूल्यभन्दा कम भएमा नेपाल सरकारबाट तोकिएको मूल्य अनुसार दस्तुर लाग्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य जिल्लाबाट लिखत पारित गर्दा सो उपदफाहरूमा लेखिएको दस्तुरको दश प्रतिशत थप दस्तुर लाग्नेछ ।