दफा ४७७
लिखतमा खुलाउनु पर्ने कुराहरू
लेनदेन गर्दा लेनदेन व्यवहारको प्रकृति बमोजिम देहायका कुराहरू खुलाउनु पर्नेछ :–
(क) लेनदेन गर्ने व्यक्तिहरूको नाम, थर, उमेर, ठेगाना तथा बाबु, आमा, बाजे, बजैको नाम, तर विवाहित व्यक्तिले भए पति, पत्नीको नाम समेत उल्लेख गर्नु पर्नेछ ।
(ख) लेनदेन गर्नु परेको कारण,
(ग) लेनदेनको परिमाण,
(घ) कुनै वस्तु लेनदेन गरेकोमा त्यस्तो वस्तुको मूल्य,
(ङ) कुनै वस्तु निश्चित समय पछि फिर्ता गर्ने गरी सापटी, पैँचो वा अन्य तवरले लिनु दिनु गरेको भए त्यस्तो व्यहोरा,
(च) कुनै वस्तु सट्टा पट्टा गरेको भए त्यस्तो व्यहोरा,
(छ) लेनदेन गरेको रकम बुझाउने मिति,
(ज) लेनदेन गर्दा ब्याज लिने, दिने भए ब्याजको दर,
(झ) लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य शर्त पूरा नगरेमा लेनदेन बमोजिमको रकम साहूले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा,
(ञ) लिखत गरिएको ठाउँ,
(ञ१) लिखत तयार गर्दाका बखत साहु र क्रणीको कम्तीमा एक-एकजना. साक्षीको नाम, थर र ठेगाना,
(ट) लिखत तयार गरिएको मिति,
(ठ) लेनदेनको प्रकृति बमोजिम खुलाउनु पर्ने अन्य आवश्यक कुराहरू ।