दफा १०६
विवाहित पतिबाट शिशु जन्मिएको अनुमान गरिने
अन्यथा प्रमाणित भएकोमा बाहेक देहायको अवस्थामा जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिनेछ :–
(क) विवाह भएको मितिबाट एक सय असी दिन पछि जन्मिएको,
(ख) पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको ।