दफा २६७
स्वामित्ववालाको अधिकार हुने
कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा स्वामित्ववालाको हैसियतले देहायको अधिकार हुनेछ :–
(क) सम्पत्ति उपभोग गर्न,
(ख) सम्पत्ति बिक्री वा अन्य तवरले कसैलाई हक हस्तान्तरण गर्न,
(ग) सम्पत्तिको कुनै किसिमले धितो वा बन्धकी राख्न,
(घ) सम्पत्तिको कुनै कारोबार गर्न,
(ङ) सम्पत्तिबाट जुनसुकै किसिमबाट फाइदा लिन,
(च) आफ्नो जग्गा जमिनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न, पर्खाल वा बार लगाई घेर्न वा साँध सिमाना छुट्याउन वा कुनै सम्पत्तिको स्वरूप परिवर्तन गर्न वा कुनै पनि किसिमले सम्पत्तिको संरक्षण गर्न,
(छ) आफ्नो जमिन वा जमिनमुनिको भाग वा त्यसमा रहेको वस्तु वा जमिन माथिको आकाश प्रयोग गर्न,
(ज) सम्पत्ति कुनै तवरले नष्ट वा समाप्त गर्न,
(झ) सम्पत्ति प्राप्त वा सुरक्षा गर्ने सम्बन्धमा कुनै पनि किसिमले कानूनी कारबाही चलाउन ।