दफा ६९५
हकवालाको निर्धारण विदेशी कानून बमोजिम गरिनेः

नेपालभित्र बसोबास गर्ने विदेशीको सम्पत्तिमा अपुताली परी निजको हकवाला निर्धारण गर्नु पर्दा त्यस्तो विदेशीकोनागरिकता रहेको मुलुकको कानून बमोजिम र त्यसरी नागरिकता पहिचान हुन नसकेमा जुन मुलुकमा निजको सामान्य बसोबासरहेको छसोही मुलुकको र त्यस्तो बसोबास पनि यकिन हुन नसकेमा तत्काल निजले बसोबास गरेको मुलुकको कानून बमोजिम हकवालानिर्धारणगरिनेछ ।