दफा ६६
हदम्याद
यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले दामासाहीको प्रक्रिया प्रारम्भ गर्नु परेको कारण परेको मितिले देहाय बमोजिमको अवधिभित्र नालिस गर्न सक्नेछ :–
(क) दफा ५४ अन्तर्गतको विषयमा नालिस गर्नु पर्ने कारण परेको मितिले तीन वर्षभित्र,
(ख) दफा ६२ र ६४ सम्बन्धी विषयमा थाहा पाएको मितिले दुई वर्षभित्र,
(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा भए गरेको मितिले छ महिनाभित्र।