Rule 69
उपदान
: (१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर नियम ७० बमोजिम निवृत्तिभरण पाउने अवधि नपुगेको सशस्त्र प्रहरी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएमा देहायको दरले उपदान पाउनेछ :–
(क)   पाँच वर्षभन्दा बढी दश वर्षसम्म नोकरी गरेको सशस्त्र प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब,
(ख)   दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म नोकरी गरेको सशस्त्र प्रहरी कर्मचारीले आपूmले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब,
(ग)   पन्ध्र वर्षभन्दा बढी बीस वर्षभन्दा कम नोकरी गरेको सशस्त्र प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
      (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरीमा सेवा पाउने वा सो सेवामा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई उपदान दिइने छैन ।