Rule 27
परीक्षणकाल
: (१) सशस्त्र प्रहरी सेवामा खुल्ला प्रतियोगिताद्वारा नियुक्ति हुने सशस्त्र प्रहरी कर्मचारीलाई एक वर्षको लागि परीक्षणकालमा राखिनेछ ।
तर,
(क)   एक वर्ष भन्दा बढी अवधिको आधारभूत तालीम भएमा आधारभूत तालीम अवधिभर परीक्षणकालमा रहेको मानिनेछ ।
(ख)   एकपटक परीक्षणकाल पूरा गरेको सशस्त्र प्रहरी कर्मचारीलाई पुन परीक्षणकालमा राखिने छैन ।
      (२) परीक्षणकालमा रहेको कुनै सशस्त्र प्रहरी कर्मचारीको काम सन्तोषजनक नभएमा निजको नियुक्ति बदर गर्न सकिनेछ ।
(३) परीक्षणकाल भित्र नियुक्ति बदर नगरिएका सशस्त्र प्रहरी कर्मचारीको नियुक्ति परीक्षणकाल समाप्त भएपछि स्वतः सदर भएको मानिनेछ ।